गाउँ भनेको भवनहरुको संग्रह मात्र होइन । नेपालमा २०७२ बैशाख १२ गते गएको भूकम्पमा सबैभन्दा बढी क्षति पुगेको लाङटाङ क्षेत्रको पुनर्निमाणको अर्थ त्यहाँको सामाजिक आवश्यकता र साँस्कृतिक प्रचलनहरुप्रति ध्यान दिनु हो । हाम्रो लक्ष्य लाङटाङ समुदायको सहकार्यमा सम्झना र अभिलेखनको सक्रिय प्रक्रियामार्फत पुनर्लाभका लागि स्थान सिर्जना गर्नु हो ।
लाङटङ्पा समुदायको आग्रह अनुसार लाङटाङ स्मृति परियोजना दुई स्तरमा सञ्चालित छ । केही सामग्रीहरु लाङटाङ उपत्यकामा निर्माण गरिने एक भौतिक स्मृति केन्द्रमा स्थापना गरिनेछ र यो सामुदायिक स्थल स्थानीय समुदायका लागि एउटा पुण्यस्थलका रुपमा र लाङटाङ आउने आगन्तुकहरुको चेतना अभिवृद्धि केन्द्रका रुपमा रहने अपेक्षा गरिएको छ । सम्पन्न भएपछि, यो सामुदायिक स्थलको व्यवस्थापन लाङटाङ महिला समूह र स्मृति केन्द्र समितिले चाहे अनुसार गर्नेछन् । स्मृति केन्द्रको उद्घाटन भूकम्पको पहिलो बार्षिकोत्सवका अवसरमा गरिने एउटा स्मृति पदयात्रा पछि गरिनेछ ।
परियोजनाले लाङटङपा जनताका अद्धितीय सम्पदा र संस्कृतिको अभिलेखन तथा संरक्षणका लागि एउटा अनलाइन मल्टीमिडिया आर्काइभको पनि निर्माण गर्नेछ । अनलाईनमा हेर्नसकिने आर्काइभ अर्थात अभिलेखमा विगतका सामग्री (औपचारिक र अनौपचारिक अभिलेखन) र भूकम्पपछि विकसित गरिएका समसामयिक सामग्री रहनेछन् । सबैले हेर्न, प्रयोग गर्न सकिने यो वेबसाइट एउटा सार्वजनिक सम्पत्तिका रुपमा रहनेछ र यसको स्थायित्वका लागि यसलाई डिजिटल हिमालय परियोजना (http://www.digitalhimalaya.com) जस्ता अन्य स्थापित अभिलेखालयहरुसँग एकीकृत र सम्बन्धित गराइनेछ ।
स्मृति परियोजनाले लाङटाङसँग सम्बन्धित साम्रगीको सक्रियतापूर्वक खोजी गरिरहेको छ । यी सामग्रीमा देहाय हुनसक्छन् ः क. अनौपचारिक लिखित सामग्री (व्यक्तिगत दस्तावेज, घरपरिवारको अभिलेख, पुराना यात्रा टिपोट, आदि); ख. फोटो (अभिलेखीय, पारिवारिक तस्विर, पर्यटकीय फोटो); ग. मौखिक इतिहासहरु (विद्यमान र रेडर्क गर्न बाँकी); घ. फिल्म सामग्री (विभिन्न अनौपचारिक भिडियो र विगतका वर्षहरुको अभिलखीय दृश्य); ङ. भूकम्पपछि अभिलेखन (व्यक्तिगत, समाचार) ।
स्मृति केन्द्र र लाङटाङ अभिलेखालय दुवैलाई च्बकगधब च्भष्भिा र एष्अतगचभःभज्भचभ नामक गैससले आयोजना गर्ने सहभागितामूलक कथावाचन कार्यक्रममार्फत संकलन गरिने सामग्रीले सुदृढ गरिनेछ । परियोजनाको लक्ष्य आउँदो बर्षहरुमा लाङटङपा समुदायको पुनर्लाभ र पुनस्र्थापनालाई अभिलेख गर्ने सामग्री र कथनहरुले समृद्ध बनाउँदै लैजानु रहेको छ ।